कैलाली । कैलालीका स्थानीय तहका जनप्रतिनिधिहरु माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकिकृत समाजवादी)मा खुल्न थालेका छन ।
निर्वाचन कार्यालय कैलालीले सनाखत गराउनका लागि पत्राचार गरेपछि भदौ १६ गतेदेखि सो पार्टीको पक्षमा स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गराउन लागेका हुन ।
बुधबार मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरसहित तीन जनाले सो पार्टीमा सनाखत गरेका थिए भने बिहिबार थप पाँच जनाले सनाखत गरेका थिए ।
शुक्रबारमात्र कैलाली जिल्ला समन्वय समितिकी उपप्रमुख सुन्दरीदेवी चौधरीसहित सात जनाले सो पार्टीमा सनाखत गरेको निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया