काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३ सय ३४ परीक्षण गर्दा १ हजार ३ सय ५७ जनाको पीसीआर र ३ सय ९९ जनाको एन्टीजेन पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २४ घण्टामा देशभर २ हजार २ सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो पछिल्लो २४ घण्टामा थपिएका संक्रमित भन्दा ५ सय २१ ले बढी हो ।
योसँगै नेपालमा कोरोना सक्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४ सय ५६ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको हो ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया