सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधिले पनि गरे नेकपा(एस)को पक्षमा सनाखत

लोकपथ
126
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका जनप्रतिनिधीहरुहरु पनि नेकपा (एमाले) परित्याग गरेर नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्न थालेका छन् ।

आज कैलालीको मोहन्याल गाउँपालिकाका उपाध्यक्ष पुजादेवी बुढामगरसहित तीन जना प्रदेश निर्वाचन कार्यालय पुगि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष सहित एक गाउँ कार्यपालिका सदस्य विशाल पहराई र वडा नम्बर ४ की दलित महिला सदस्य चन्द्रकला विकले सनाखत गरेको बताए ।

मंगलबारमात्र सुदूरपश्चिम प्रदेश सभा सदस्यका १० जनाले सो पार्टीमा सनाखत गरेका थिए । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशमा निर्वाचित जनप्रतिनिधीहरुलाई भदौ २२ गतेभित्र सनाखत गराउनका लागि समयावधि तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?