एक सयभन्दा कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिँदै

RSS
476
Shares

तनहुँ । व्यासन गरपालिकाले आगामी आइतबारदेखि एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयमा भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ का कारण प्रभावित भएको सिकाइ प्रक्रियालाई निरन्तरता दिन त्यस्तो निर्णय गरेको नगरले जनाएको छ

बालबालिकालाई सकभर वैकल्पिक विधि अनलाइन कक्षा र सम्भव नभए १०० भन्दा कम विद्यार्थी भएको विद्यालयमा नियमित दुई बजेसम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । दिउँसो २ बजेसम्म मात्र प्रत्यक्ष सबै कक्षा सञ्चालन गरिने भएको हो ।

एउटा कक्षा कोठामा २५ जनाभन्दा बढी नरहने गरी विभिन्न समूह वा जोर बिजोर, आलोपालोगरी बढीमा चार घण्टा मध्यान्तर नहुने गरी कक्षा सञ्चालन गर्न निर्देशन दिइएको व्यास नगरपालिकाका शिक्षा शाखाका उपसचिव नगेन्द्रप्रसाद रेग्मीले बताए । विद्यालय सञ्चालन हुँदाका समय विद्यालयमा सरसफाइ, शौचालय, मास्क, सेनिटाइटर, साबुन पानीलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यवस्था मिलाउन भनिएको छ ।

विद्यालयको सवारी साधान प्रयोग हुने भएमा विशेष सावधानी अपनाएर प्रयोग गर्ने तथा नगरपालिलका, शिक्षा तथा सामाजिका विकास शाखा, स्वास्थ्य तथा जनसङ्ख्या शाखा र वडा कार्यालयले निरन्तर अनुगमन गरिने बताइएको छ । नगरपालिकाले जारी गरेको निर्देशन पालना नभएको पाइएमा कक्षा सञ्चालन बन्दसमेत गर्न सकिनेछ ।

रेग्मीका अनुसार कुनै शिक्षक वा विद्यार्थीमा सङ्क्रमणको शङ्का भएमा तत्काल विद्यालय नजिकको स्वास्थ्य संस्था एकाइमा सूचना गर्न आग्रह गरिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, स्टाफ र विद्यार्थी प्रतिनिधिबीच आपसी परामर्श समन्वयमा थप सचेतना र सावधानी अपनाएर कामकाज सञ्चालन गर्न आग्रह गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?