समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ

लोकपथ
252
Shares
e]nfdf cWoIf g]kfn sf7df8f}+, !) ebf} -/f;;_ M ;dfhjfbL k|]; g]kfn ;Da4 kqsf/ ;+u7gsf] laxLaf/ a;]sf] e]nfdf g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfnnufot . pQm ;+u7gsf] ;+of]hsdf jl/i7 kqsf/ zDe’ >]i7nfO{ rog ul/Psf] 5 . t:jL/M rGb|snf If]qL÷/f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ ।

सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने छ ।

भेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?