चीनबाट थप १६ लाख डोज ‘भेरोसेल’ खोप ल्याइँदै, कहिलेसम्म आइपुग्छ नेपाल ?

लोकपथ
504
Shares

काठमाडौं । नेपाल सरकारले चीनबाट थप १६ लाख डोज खोप ल्याउने भएको छ। चीनले अनुदान स्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाने भएको हो।

दुई दिनमा १६ लाख डोज खोप ल्याउने तयारीका साथ निगमको जहाज आज बुधबार बिहान ११ बजे चीन जाने तालिका रहेको छ। बुधबार ८ लाख र बिहीबार ८ लाख गरी १६ लाख डोज भेरोसेल खोप ल्याउन लागिएको हो।

बुधबार गएको जहाज राती १२ बजे फर्कने तालिका रहेको छ । बिहीबार बिहान ७ बजे गएर राति ८ बजे फर्कने उडान तालिका रहेको निगमले जनाएको छ।

केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत हाउ यान्छीले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएकी थिइन् । सोही खोप बुधबार (आज) र बिहीबार (भोलि)को उडानमा आउन लागेको हो।

चीनले यसअघि पनि दुईपटक गरेर १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?