मुम्बई । कलाकारहरुले घर किनेका तथा बेचेका खबरहरु पछिल्ला दिनहरुमा सार्वजनिक भैरहेको छन् । यसैबीच, भरखरै मात्र बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अपार्टमेन्ट बेचेको खबर सार्वजनिक भएको छ ।
उक्त लग्जरी अपार्टमेन्टलाई अभिषेकले करिब ४६ करोड भारुमा बेचेका कुरा भरतीय सञ्चार माध्यमा उल्लेख छ ।

एउटा रिपोर्टका अनुसार मुम्बईको वर्ली क्षेत्रमा रहेको उक्त लग्जरी ओबेराय ३६० वेस्ट टावर्सको ३७ औं तल्लामा अभिषेकको उक्त अपार्टमेन्ट रहेको र उक्त अपार्टमेन्टलाई अभिषेकले महंगो मूल्यमा बेचेका हुन् ।
बलिउड अभिनेताहरु शाहिद कपूर तथा अक्षय कुमारको पनि त्यहि टावर्समा अपार्टमेन्ट छ ।
अभिषेकको उक्त अपार्टमेन्ट ७ हजार ५ सय २७ स्क्वायर फीट क्षेत्रफलको छ, जसलाई उनले २०१४ मा ४१ करोड भारुमा किनेका थिए ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया