प्रधानमन्त्री ओलीको स्वागत विदेश राज्यमन्त्री एम जे अकवरले गर्ने

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भारत भ्रमणमा जाँदै छन् । उनलाई एयरपोर्टमा भारतीय विदेश राज्यमन्त्री एम जे अकवर स्वागत गर्ने  छन् ।अहिलेसम्म प्रधानमन्त्रीको स्वागतको लागि अकवर नै जाने तय भएको छ । उनीसँग प्रोटोकल चीफ संजय वर्मा हुने छन् ।त्यस्तै नेपाल डेस्क प्रमुख र नेपालका लागि भारतीय राजदुत मन्जिम्भ सिंह पुरी पनि हुने छ ।भारतीय दुतावसा स्रोत अनुसार प्रधानमन्त्री ओलीलाई कस्ले स्वागत गर्ने भन्ने कार्यक्रम तयार भइरहेको बताइएको छ । ओलीको स्वागतमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज जाने सम्भावना पनि रहेको छ । तर, हालसम्म राज्यमन्त्री नै जाने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?