अभिनेत्री नयनताराले गरिन् इङ्गेजमेन्ट

लोकपथ
959
Shares

भारत । दक्षिण भारतीय फिल्ममा नयनतारा एउटा ठूलो नाम हो । उनी दक्षिण भारतीय फिल्ममा महँगी अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनी फिल्मी अभिनयले मात्र होइन, निजी जीवनका कारण पनि बेलाबेला चर्चामा आइरहन्छिन् ।

उनले हालै मात्र लामो समयदेखिको प्रेमी विग्नेश शिवनसँग इङ्गेजमेन्ट गरेकी छन् । नयनताराले हालै विजय टेलिभिजनको ट्वीटर हेण्डलमार्फत एक प्रोमो सेयर गरेकी छन् ।

प्रोमोमा अभिनेत्रीले इङ्गेजमेन्ट गरिरहेको देख्न सकिन्छ । भिडियोमा नयनताराले इन्गेजमेन्टको औँठी लगाएकी छन् । उनी आफैँले पनि निर्माता तथा निर्देशक विग्नेशसँग इङ्गेजमेन्ट गरेको स्वीकारेकी छन् ।

नवभारत टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?