काठमाडौं । नेकपा एमालेको भोलि (आइतबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ ।
बैठक एक दिन पर धकेल्दै सोमवार दिउँसो ३ बजेका लागि बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।
पार्टी एकतालाई मध्यनजर गर्दै बैठक सारिएको एक नेताले बताए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष ओलीलाई आइतवार सम्मको समयसिमा दिएको थियो । नेता नेपालले पनि हरेकजसो सार्वजनिक कार्यक्रममा आफु एकताकै पक्षमा रहेको जिकिर गर्दै आएका छन् ।
केन्द्रीय कमिटी बैठक अघि बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । दुवै बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया