खैरो हिरोइनसहित दुई जना पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौंमा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?