काठमाडौं । नेपाली कांग्रेसका ४२ जना युवा नेताहरूले १४ औं महाधिवेशन सुनिश्चितताका लागि पार्टीमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
नेता सुवासकुमार पोखरेल, रञ्जित कर्ण, मनोजमणि आचार्य, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमसहित ४२ जनाले महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सबल कांग्रेस निर्माणका लागि युवा अभियानले ध्यानाकर्षण पत्र बुझाएको हो। मुख्यसचिव पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन्।
भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि महाधिवेशन अनिश्चित बनेको उनीहरूको भनाइ छ। उनीहरूले ३ बुँदामा सभापति देउवालाई ध्यानाकर्षण गराएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया