आमा अमृता र बाबु सैफको डिभोर्सको बारेमा बोलिन् सारा, भन्छिन्- ‘जे भयो राम्रै भयो’

लोकपथ
1.6k
Shares

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान ‘फीट अप विथ द स्टार्स’को सीजना ३ मा देखिने भएकी छिन् । शोको आगामी एपिसोडमा सारा आफ्नो बाबुआमाको र परिवारको इक्वेशनको बारेमा कुराकानी गर्नेछिन् ।

Sara Ali Khan is enigmatic and elusive in black and gold embellished lehenga from Manish Malhotra's mystique Nooraniyat collection : Bollywood News - Bollywood Hungama

साराले आगामी एपिसोडमा आमा अमृता सिंह र बाबु सैफ अली खानको डिभोर्सको बारेमा र त्यो समयमा आफूलाई भएको प्रभावबारे बताउने भएकी छिन् ।

 

साराले भनेकी छिन्, ‘यदि तपाईसँग दुईवटा अप्सन छ भने यो धेरै सजिलो छ । एकैसाथ बसेर खुशी हुन सकिन्न र अलग-अलग बसेर खुशी हुन सकिन्छ भने जसले पनि खुशीसाथ रहन चाहन्छ ।’

सारा अली खान-अमृता सिंह-इब्राह‍िम

उनले आफू अहिले आफ्नी आमासँग बस्ने गरेको र मेरो आमा नै मेरो सबैथोक हुन भनेकी छिन् ।

बुबासँग पनि मेरो सधैँ फोनमा कुरा हुने गरेको छ । मलाई मन लागेको बेला बुबासँग भेट्न सक्छु । बुबा पनि मलाई फोन गर्नुहुन्छ ।

Sara Ali Khan shares new video with an apology to Saif Ali Khan, Amrita Singh: 'Naak kaat di maine' | Bollywood - Hindustan Times

‘त्यो बेला मेरो आमाबुबा एक अर्कासँग खुशी थिएनन् । मलाई लाग्छ त्यो बेलाको निर्णय सही थियो ।’ साराले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?