काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल सुरु गरेको छ ।
बुधवार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकमा सो विषषमा छलफल भएको छ ।
मंगलवार समितिले बुझाएको प्रतिवेदनमाथि छलफल साथै विवादित जिल्लाहरुका विषयमा समेत छलफल शुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
आजको बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारी समेत सहभागीता रहेको प्रवक्ता शर्माले जानकारी दिए । फेरि अर्को बैठक दिउँसो २ बजे बस्ने उनले जानकारी दिए ।
मंगलवार कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता समितिले प्रतिवदेन बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया