काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच कुराकानी भएको छ ।
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच मंगलवार कुराकानी भएको हो । नेपाल र अमेरिकाबीचको साझेदारीको सम्बन्धमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनविरुद्धको लडाइँ, अमेरिकाले नेपाललाई सहयोग गर्ने कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि कुराकानी भएको जनाइएको छ ।
त्यस्तै नपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया