काठमाडौं । बाढी प्रभावितलाई सहयोग गरेको भन्दै च्याट जीपीटीबाट नक्कली स्टेटमेन्ट तयारी गरी भ्रम सिर्जना गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापका गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।
उनले सरकारले सार्वजनिक गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट पेस गरेका थिए ।
उनलाई रामेछाप प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
उनले आफ्नो सामाजिक सञ्जालमा बाढी प्रभावितहरुका लागि आफूले सकेको सहयोग गरेको भन्दै पोस्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया