लमजुङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

लोकपथ
77
Shares
lgdf{0ffwLg tfdfª PsLs[t gd”gf a:tLag]kf, @& k’;M sfe|]knf~rf]ssf] d08gb]pk’/ gu/kflnsf– !) r08]gLd08gsf] tLgwf/f glhs} lgdf{0ffwLg tfdfª PsLs[t gd”gf a:tLsf] k’gMlgdf{0f sfo{ ub}{ dhb’/ . 3/af;sf] cjwf/0ff;lxtsf] Ps 3/ a/fa/ sl/a ? !) nfv krf; xhf/sf] nfutdf #) j6f 3/ lgdf{0f eO/x]sf] 5 . tl:a/M k]df nfdf÷/f;;

लमजुङ । आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।

नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध्ये १० हजार ३९४ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ लमजुङका सम्पर्क व्यक्ति विनय दवाडीका अनुसार कूल लाभग्राहीमध्ये १४ हजार ३२ जनाले पहिलो किस्ता र ११ हजार ८९८ जनाले दोस्रो किस्ता लिएका छन् ।

“दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनःनिर्माणको काम सम्पन्न गरिसकेका छन्”, उनले भने, “पुनःनिर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिएको छ ।” उनका अनुसार बेँसीशहर नगरपालिकाका एक हजार ३८६ लाभग्राहीमध्ये एक हजार ३३० ले पहिलो किस्ता, १२१ ले दोस्रो किस्ता र ९४१ जनाले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?