काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ पहिलो खेलमा नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।
पहिलो चरणको खेल तालिका सार्वजनिक भएसँगै सोनियाले ४८ केजी तौल समूहमा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। यसै महिना सम्पन्न कजान ग्रान्डस्लाम विजेता इरिना विश्व वरीयतामा ९औं स्थानमा रहेकी छिन्।

रसियालाई डोपिङका कारण ओलम्पिकमा प्रतिबन्ध लगाइएको भएर इरिनाले रसियन ओलम्पिक कमिटीमुनि बसेर ओलम्पिक खेल्नेछिन्। खेलमा रसियाको राष्ट्रिय गान र झण्डाको प्रयोग हुनेछैन।
यता वाइल्डकार्डमार्फत ओलम्पिकमा छनोट भएकी सोनियाले १३औं सागमा काश्य पदक जितेकी थिइन्। विश्व जुडो च्याम्पियनशिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी सोनियालाई इरिनको चुनौती कठिन रहने अपेक्षा गरिएको छ।

सोनिया र इरिनाबीचको खेल जुलाई २४ मा खेलिने तालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया