‘शत्रु गते’ को एक हप्ते व्यापार सार्वजनिक, कति कमायाे?

काठमाडौं, १५ चैत – चलचित्र ‘शत्रु गते’ ले एक हप्ताको आफ्नो व्यापारिक आँकडा सार्वजनिक गरेको छ । दोस्रो हप्तामा प्रवेश गर्न लागेको चलचित्रले आफ्नो फिल्मको एक हप्ते कार्यक्रम सार्वजनिक गर्दै केक काटेको छ ।चलचित्रले पहिलो हप्ता अर्थात् ६ दिनमा ६ करोड हाराहारीको व्यापार गरेको हो । सार्वजनिक गरिएको आँकडामा ५ करोड ६७ लाख रुपैयाँ व्यापार गरेको बताइएको छ । निर्माण टिमले उपत्यकामा मात्र ३ करोड २५ लाख र मोफसलमा २ करोड ३७ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी गराएको हो ।फिल्मको पब्लिसिटी दर्शकले नै गरेका कारण फिल्मले अझै राम्रो कमाउन सक्नेमा निर्माण टिम आशावादी छ ।प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, दीपाश्री निरौला लगायतका कलाकारले अभिनय गरेका छन् ।चलचित्र कमेडी जानरामा निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?