काठमाडौं, १४ चैत – कांग्रेस बैठकमा प्रदेशसभा तथा प्रतिनिधसभा निर्वाचनमा नेतृत्वकै संरक्षणमा टिकट किनबेचका कारण अधिकांश उम्मेदवारले हार बेहोर्नुपरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्मको समीक्षाका लागि भन्दै गत ९ चैतबाट जारी बैठकमा नेताहरूले पक्ष–विपक्षसहित आरोप–प्रत्यारोपको शृंखला कायम राख्दा मंगलबारको बैठक टिकट किनबेचसम्म पुगेको हो ।मंगलबारको बैठकमा संस्थापनविरुद्ध धारणा राख्दै नेताहरूले निर्वाचनका बेला टिकट वितरण गर्दा किनबेच भएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । संस्थापनइतर मानिने पौडेल पक्षीयसहित पार्टी सुदृढीकरणको अभियानमा सक्रिय युवा नेताको समूहमा आबद्ध केन्द्रीय सदस्यहरूले निर्वाचनमा टिकट किनबेच भएको दाबी गर्दै नेतृत्वको आलोचना गरे ।केन्द्रीय सदस्य धनराज गुरुङले टिकट वितरण गर्दा किनबेच भएको भन्दै छानबिन गर्नुपर्ने माग गरे, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया