पैसा लिन जाँदैनन् कर्मचारी

काठमाडौं, १४ चैत – आफैले जम्मा गरेको रकम पनि कसैले बिर्सन्छ ? सुन्दा पत्यार नलाग्न सक्छ। तर, कर्मचारी सञ्चयकोषमा यस्तै भएको छ। सञ्चयकोषमा लामो समयदेखि तीन अर्ब रुपैयाँ त्यतिकै थन्किएको छ।सञ्चयकर्ता लामो समयदेखि सञ्चित रकम लिन नआउँदा रकम थन्किएको हो। सेवा अवधि सकिएका, बीचमै रकम जम्मा गर्न छुटेका र सञ्चयकर्ता नम्बर प्रमाणित हुन नसकेका तीन हजारभन्दा बढी सञ्चयकर्ताले आफ्नो खाताबाट रकम निकालेका छैनन्। सञ्चित रकम भएको दाबी गर्न सम्बन्धित व्यक्ति नआएपछि कोषमा रकम थन्किएको कोषका कायममुकाय प्रशासक दीपक रौनियारले जानकारी दिए।पहिला सञ्चित रकम जति लामो अवधिसम्म लिन नआए पनि ब्याज दिने गरिन्थ्यो’, उनले भने, ‘अहिले यस्तो रकमको ब्याज दिने गरिएको छैन।’ कर्मचारी सञ्चय कोषमा यसरी थन्किएर बस्ने रकम थपिँदै गएपछि कोषले यसका लागि छुट्ट खाता व्यवस्था गरेको छ।अहिले बेचालु खातामा रकम राखे पनि सञ्चयकर्ताको खातामा रकम ट्रान्सफर गर्दा उनीहरूले ब्याजसहित रकम पाउने रौनियारले जानकारी दिए। अन्नपूर्ण पोस्टमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?