ठगी गर्ने दुई भारतीय पक्राउ

काठमाडौँ, १२ चैत – महानगरीय अपराध महाशाखाले हिन्दी चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।महाशाखाको टोलीले काठमाडौँ फिल्म प्रालिमार्फत कलाकार बनाइदिने भन्दै ठगी गर्ने भारतका विजय ठाकुर र करिष्मा बोहरालाई आइतबार लाजिम्पाटबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।ठाकुर र बोहराले १० जना व्यक्तिसँग रु २५ हजारका दरले रु दुई लाख ५० हजार ठगी गरेको आरोप छ । उनीहरुले विभिन्न व्यक्तिसँग रु १० लाख २५ हजार ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।पक्राउ परेकालाई मुलुकी ऐन ठगी महलअनुसार कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद र विगोबमोजिम जरिवाना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?