काठमाडौँ, १२ चैत – प्रधानमन्त्री केपी ओलीले घरेलु कामदारका रूपमा रहेका प्रहरीका जवान फिर्ता ल्याउन निर्देशन दिएलगत्तै गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।स्रोतका अनुसार गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेर ‘बिना रेकर्ड’ का करिब ५ हजार संख्यामा रहेका प्रहरी कहाँ–कहाँ खटिएका छन् भनेर दरबन्दी विवरण मागेको छ । गृह सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा सुरक्षाकर्मीको दुरुपयोग रोक्न उच्च स्तरीय समिति नै बनाइएको छ ।प्रहरी प्रधान कार्यालयले भने गृहले भनेजस्तो रेकर्ड बिनाको प्रहरी नरहेको दाबी गरेको छ । स्रोतका अनुसार ७२ हजार ७ सय ४४ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले ४ हजार ७ सय ९४ दरबन्दी रिक्त छ ।कार्यालय सहयोगीको पदमा रहेका प्रहरीलाई उच्च दर्जाका हाकिम, पूर्वमन्त्री र अन्य ‘शक्तिशाली’ले दुरुपयोग गरेको आजको कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया