ईयूलाई प्रतिवेदन सच्याउन निर्देशन, प्रधानमन्त्रीले गरे यस्तो आशंका

काठमाडौं, १२ चैत- प्रधामन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको मर्म र भावनाविपरीत युरोपियन युनियनले तयार गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सच्याउन आग्रह गरेका छन् ।आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले राजधानीमा गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले ईयूलाई प्रतिवेदन सच्याउन आग्रह गरेका हुन् ।‘ईयूको प्रतिवेदन नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी आएको छ, नेपाली जनताले समेत ईयूले होच्याएको महसुस गरेका छन् । सो प्रतिवेदन सच्याउन म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले ईयूले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको सार्वभौम सत्ताको समेत अपमान गरेको बताए । उनले संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई कार्यान्वयन गर्ने क्रममा मुलुक अघि बढिरहेको अवस्थामा पूर्वाग्राही ढंगबाट प्रतिवेदन आएको समेत दाबी गरे ।ओलीले पर्यवेक्षकको आवरणमा आएकाहरूलाई फर्काएको प्रतिशोध निर्वाचन अनुगमनका नाममा आएका केही व्यक्तिले धर्म प्रचार तथा अन्य काम गरेका कारण फर्काउनुपरेको र सोको प्रतिशोध ईयूले प्रतिवेदनमार्फत पोखेको हुन सक्ने बताए, आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?