गण्डकी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् ।
मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील रहेका छन् । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष रहेका छन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया