कांग्रेस बैठकमा जब देउवाले प्रकाशमानलाई हकारे

काठमाडौँ, ११ चैत- मर्यादाक्रममा गोपालमान श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा मर्यादाक्रम मिलाउन बनेको ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको समितिले सुनाउन नभ्याउँदै कांग्रेस बैठकमा लफडा सुरु भयो । प्रकाशमान सिंहबाहेक रामशरण महत, बलबहादुर केसीसहितका नेताले मर्यादाक्रममा आफूहरूको पनि असन्तुष्टि रहेको, तर एकजनाको मात्रै टुंग्याएको भन्दै आपत्ति जनाए ।‘प्रकाशमानले आपत्ति जनाएपछि उनको समर्थनमा बलबहादुर उठे, अनि महेन्द्र यादव पनि उफ्रिन थाले,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । नेता यादव सुशील कोइराला सभापति हुँदा पनि मर्यादाक्रममा समस्या हुँदा आफूहरू चुप लागेको भन्दै बैठकमा उफ्रिएका थिए । ‘हामी पहिले पनि सन्तुष्ट थिएनौँ । चन्द्र भण्डारीभन्दा ममाथि भए पनि तल राखिएको थियो,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले सभापतिले त्रुटी सच्चाउनुभयो त के बिगार्नुभयो ?’लगत्तै सिंह जंगिए, ‘बढी कुरा गर्ने, थर्काउने, एउटाको मात्र कुरा गर्ने ?’ प्रकाशमान उठेपछि सभापति देउवा आसनबाट उठेर ‘बढी कराउने ?’ भन्दै चुप लाग्न भने । सदस्यहरू आक्रोशित भएपछि बाँकीको क्रम पनि मिलाउने आश्वासन सभापतिले दिएका छन्, नयाँ पत्रिकामा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?