काठमाडौंँ, १० चैत -अब स्थानीय तहमा चार प्रकारका कर्मचारीले सेवा प्रवाह गर्ने भएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले नै स्थानीय तहमा चार प्रकारका कर्मचारी रहने परिकल्पना गरेकाले स्थानीय तहमा चार प्रकारका कर्मचारीले सेवा प्रवाह गर्ने भएका हुन् । निजामती सेवामा रहेका पुराना कर्मचारी, साबिक स्थानीय निकायका कर्मचारी, प्रदेश लोकसेवा उत्तीर्ण भई आउने कर्मचारी र करार सेवामा रहेका कर्मचारी गरी चार प्रकारका कर्मचारीले सेवा प्रवाह गर्ने भएका हुन्, गोरखापत्रमा खबर छ ।स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोकसेवाबाट पूर्ति हुने भनी उल्लेख गरेकाले स्थानीय तहमा चार प्रकारका कर्मचारी रहने निश्चितप्रायः भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया