काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत बुधवार राति भएको समूह ‘ई’को दोस्रो खेलमा स्वीडेनले पोल्यान्डलाई ३-२ गोलले पराजित गरेको छ।
निकै नै रोमाञ्चक खेलमा जित अपरिहार्य रहेको हुँदा पोल्यान्डले खेलमा दुई पटक पुनरागमन गोल गरेको थियो। खेलको शुरुवाती २ मिनेटमै एमिल फोर्सवर्गको गोल मार्फत पछि परेको पोल्यान्डले ५९औं मिनेटमा पुनः फोर्सवर्गको व्यक्तिगत दोस्रो गोलको कारण दुई गोलले पछि परेको थियो।

तर कप्तान रोबर्ट लेवान्डोस्कीले खेलको ६१ र ८४औं मिनेटमा गोल गर्दा पोल्यान्डले खेलमा बराबरी गर्न सफल भएको थियो। खेलमा जितको आवश्यकताका कारण निकै आक्रामक फुटबल खेलको पोल्यान्डले अतिरिक्त समयमा गोल खान पुग्यो। स्वीडेनका भिक्टर कलेसनले खेलको अन्तिम गोल गर्दा स्वीडेनको जित सुनिश्चित भएको हो।
यस जितसँगै स्वीडेन समूह ‘ई’को विजेता टोली बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ भने पोल्यान्डको युरो कप २०२० को यात्रा अन्त्य भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया