सिरहाको सुनचाँदी पसलमा बम विष्फोट, ६ घाइते

सिरहा, ९ चैत । सिरहाको लहान नगरपालिकामा बम विष्फोट भएको छ । विष्फोटमा परि ६ जना घाइते भएका छन् ।स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विस्फोट हुँदा ६ जना घाइते भएका हुन् । घाइतेहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।सारडाको सुन पसलमा सुन किन्न आएको एक युवकले बोकेर ल्याएको र पछि त्यहि छोडेर गएको केही समयपछि विष्फोट भएको प्रहरीले जनाएको छ । यी युवक पसलबाट निस्केको केही समयपछि विष्फोट भएकाले ‘टाइम बम’ हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?