उदयपुर, ९ चैत । जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् ।प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर जानु भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्कीसमेत अन्यत्र गएदेखि हालसम्म उदयपुर जिल्ला प्रशासन प्रमुखविहीन बन्न पुगेको हो ।अहिले प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअसमेत नभएका कारण प्रशासनले हेर्ने सामान्य कार्य प्रशासकीय अधिकृत कुमार खड्काले हेरिरहनुभएको खड्का बताए ।प्रजिअ तथा सहायक प्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० विभिन्न प्रकारका सार्वजनिकसम्बन्धी मुद्दा अनिर्णित भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।प्रजिअ वा सहायक प्रजिअको उपस्थितिमा हल गर्नु पर्ने जटिल प्रकारका सार्वजनिक र यससँग सम्बन्धित न्यायिक कार्यसमेत हुन नसक्दा सर्वसाधारणले गुनासो गरेका छन् ।नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन व्यवस्थापन गर्ने नयाँ सरकारले घोषणा गरेको भए तापनि उदयपुरमा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्थापन गर्न नसकेको नेकपा (माओवादी केन्द्र)का नेत्री तथा पूर्वसभासद् मणि खम्बुको धारणा रहेको छ ।प्रमुख प्रशासक नै नहुँदा कतिपय महत्वपूर्ण कार्य गर्न समस्या आइरहेको प्रशासकीय अधिकृत कुमार खड्काको धारणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया