नेविसं पश्चिम नवलपरासी जिल्लाको जिल्ला अध्यक्षमा राजन भण्डारी

नवलपरासी, ९ चैत । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासी जिल्लाको जिल्ला अध्यक्षको जिम्मेवारी राजन भण्डारीले पाएका छन् ।जिल्ला अध्यक्षको जिम्मेवारी पाएका भण्डारीले यसअघि कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरेका थिए । नवरपरासी जिल्ला विभाजन भएपछि जिल्ला पदर्थ समितिमा अध्यक्षको जिम्मेवारी भण्डारीले पाएका हुन् ।पश्चिम नवलपरासी जिल्लामा नेपाल विद्यार्थी संघ नेतृत्वबारे पछिल्लो दिनमा विवाद बढ्दै गएपछि समस्या समाधान गर्न केन्द्रले केन्द्रीय उपाध्यक्ष पवन यादवलाई यस अगावै केन्द्रीय प्रतिनिधीको रुपमा जिम्मेवारी दिएर नपलपरासी पठाएको थियो ।यादव जिल्लामा आई पार्टीका नेता एवं नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी साथीहरुसँग छलफल गरी जिल्ला तदर्थ समितीको जिम्मेवारी भण्डारीलाई दिइएको हो । केन्द्रीय उपाध्यक्ष पवन यादवको हस्ताक्षर रहेको पत्रमा राजन भण्डारीलाई जिल्ला तदर्थ समितिको अध्यक्ष तोकीएको जानकारी दिइएको छ ।यसबारे नेपाली कांग्रेसका जिल्ला कार्य बहाक सभापति अर्जुन कुमार पोखरेले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रतिनिधि पठाएर राजन भण्डारीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको पत्र जिल्ला कार्य समितिमा प्राप्त भएको जानकारी दिएका छन् ।त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नयन सिंह महरले पश्चिम नवलपरासीको समस्या समाधान गर्न खटिएको केन्द्रीय प्रतिनिधिले गरेको निर्णयनै नेपाल विद्यार्थी संघको अन्तिम निर्णय हुने प्रतिकृया दिए ।यसैगरी केन्द्रीय अध्यक्ष महरले केन्द्रीय प्रतिनिधिको रुपमा पठाइएका केन्द्रीय उपाध्यक्ष यादवको निर्णयबाट तदर्थ समितिको अध्यक्षमा राजन भण्डारीलाई तोकिएकाले सोही अनुसार कायम रहने प्रतिकृया दिए ।यस अगावै पनि नेपाल विद्यार्थी संघका उपाध्यक्ष प्रकाश रानाले पश्चिम नवलपरासीको नेविसंघको अध्यक्षमा दधीराम पौडेललाई जिम्मेवारी दिएको पत्र प्राप्त भएपछि नेविसंघका विवाद सृजना भएको थियो ।जुन आधिकारी नभएको साथै केन्द्रीय प्रतिनिधि एवं संघका केन्द्रीय उपाध्यक्ष यादवले गरेको निर्णयबाट नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीको आधिकारिक अध्यक्ष भण्डारीनै रहेको केन्द्रीय अध्यक्ष महरले जानकारी दिए ।त्यस्तै केहि समय अगाडी गठन भएको संघको विषयमा विवाद भएपछि नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यालयले पुन नेविसंघ पश्चिम नवरपरासीको जिल्ला अध्यक्षको रुपमा भण्डारीलाई जिम्मेवारी दिएको हो । साथै केन्द्रयि प्रतिनिधि एवं केन्द्रीय उपाध्यक्ष यादवले भने, यस अगावै दधिराम पौडेलको अध्यक्षतामा समिति गठन भएपछि विवाद भएको र पुनः राजन भण्डारीलाई अध्यक्षको जिम्मेवारी तोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?