ताप्लेजुङ सदरमुकाममा रहेको एक होटलमा आगलागी

ताप्लेजुङ, ९ चैत । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको ईको भ्यू पोइन्ट होटलमा आगलागी भएको छ । आगलागी शुक्रबार बिहान ६ बजे लागेको हो ।आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगालीबाट होटलमा भएको क्षतिपूर्तिको विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङलिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी के कारणले लागेको भन्ने खुलेको छैन तर विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?