काठमाडौं, ८ चैत । घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वकी शाआ अधिकृत इन्दिरा गौतम( खनाल) पक्राउ परेकी छिन् । उनले घरेलु उद्योग दर्ता गर्न लिएको घुस रकमसहित पक्राउ परेकि हुन् ।अधिकृत गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९ हजार घुससहित बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।काठमाडौं हिडेन ट्रेजर नामको सिलाई बुनाई गार्मेन्ट उद्योग दर्ताका लागि आएका सेवाग्राहीलाई गार्मेन्टको नाम अंग्रेजीमा भएको हुँदा नेपालीमा चाहिन्छ भनी घुस मागेको अख्तियारले जनाएको छ ।अख्तियार प्रवक्ता दीर्घराज मैनालीका अनुसार अधिकृत गौतमलाई अहिले नियन्त्रणमा लिई अनुसन्धान गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया