काठमाडौं–कोरियामा रोजगारीमा जान चाहनेहरुले विहिबारबाट रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको आवेदन दिन सुरु गरेका छन् ।विहिबारबाट अनलाईनमार्फत् इपीएस परीक्षाको आवेदन दिन सुरु भएको हो ।आवेदन भर्नका लागि २४ डलर शुल्क लाग्ने गर्दछ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट पनि जम्मा गराउन सकिने व्यवस्था गरिएको छ । तर सर्वसाधारणले भने बैंकहरुले ईपिएस परीक्षाको आवेदनका लागि पैसा जम्मा गर्न बसेकाहरुलाई प्राथमिकता नदिएको गुनासो पनि गरेका छन् । उनीहरुले यस कामका लागि छुट्टै पैसा जम्मा गर्ने व्यवस्था गर्न पनि बैंकसँग माग गरे ।विहिबार विहान ४ बजेबाटै लाईनमा बसेकाहरुले करिव ७ घण्टा बढी कुर्दा पनि बैंकमा पैसा जम्मा गर्न सकेका थिएनन् ।इपिएस कोरिया शाखाका अनुसार यो आवेदन आगामी चैत्र १७ गतेसम्म भर्न पाईनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भाषा परिक्षाको आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनौट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परिक्षा दिन पाउने व्यवस्था गरिएको छ । बाँकि सबैले काठमाडौंबाटै परिक्षा दिनुपर्नेछ ।यस वर्ष कोरिया जानका लागि कूल ७ हजार १ सय जनालाई उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ सय कोटा निर्धारण गरिएको छ । भाषा परिक्षा उत्तीर्ण परीक्षार्थीहरुलाई सीप परिक्षामा पनि सहभागी गराउने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया