बालिकालाई बन्धक बनाएर सामूहिक वलात्कार

ललितपुर — बल्खुबाट तीन साताअघि १५ वर्षीया एक किशोरी हराइन् । तीन/चार दिनसम्म फेला नपरेपछि अभिभावकले बालबालिका खोजतलास केन्द्र काठमाडौंमा निवेदन दिए ।कान्तिपुर दैनिक लेख्छ- टेलिभिजनमा किशोरी हराएको विज्ञापन दिए । सार्वजनिक स्थानमा किशोरीको तस्बिर र हुलिया खुलाई टाँसे । तर कुनै पत्तो लागेन । ११ दिनपछि किशोरी स्वयम्भूमा फेला त परिन् तर कराउने, तर्सने र बर्बराउने हालतमा ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गत फागुन १७ गते साँझ उनी घरबाट बल्खुतर्फ निस्केकी थिइन् । परिसरका प्रवक्ता डीएसपी मोहन थापाले भने, ‘हराएको दिन किशोरीलाई चक्रपथमा चल्ने बा४ख ३८५१ नम्बरको बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले भेट्टाए ।ललाइफकाई वसुन्धरास्थित ग्यारेजमा लगेर पालैपालो जबर्जस्ती गरे । भोलिपल्ट चालक घिमिरेको हरिसिद्धिस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाई बलात्कार गरे ।’प्रहरीका अनुसार किशोरीलाई पिसाबसमेत कोठाभित्रै गर्न लगाई पालैपालो बलात्कार गरेको देखिन्छ । किशोरी फागुन २४ गते थुनिएको कोठाबाट भागिन् । भागेको दिन अर्को बसका चालक सुदीप बजगाईंले भेटेर रातभर बलात्कार गरे । किशोरीको खोजीमा लागेका सहचालक गड्तौलाले त्यसको भोलिपल्ट फेरि उनलाई फेला पारेर चालक घिमिरेलाई जिम्मा लगाए । र, घिमिरेले पुन: कोठामा लगेर जबर्जस्ती गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चालक घिमिरेले २७ फागुनमा किशारीलाई सातदोबाटोबाट चक्रपथ गुड्ने बा२ख ४१९५ नम्बरको गाडीमा चढाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?