डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडौं, ८ चैत–एपेक्स बैंक घोटाला प्रकरणमा राष्ट्र बैंककै मिलेमतो रहेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।समाचारमा राष्ट्रबैंकका गर्भनर चिरञ्जिवि नेपालको भूमिका माथि प्रश्न उठाउँदै भनिएको छ–राष्ट्र बैंकको प्रतिवेदनले २ माघ २०७३ मै कारबाही सिफारिश गरेपनि १२ बैंशाख ०७४ सम्म गर्भनर नेपाल मौन बसे । किनकी बैंकका तत्कालिन अध्यक्ष विष्णु धितालले राजनीतिक मात्र होइन, गर्भनर नेपालको संरक्षण पनि सुनिश्चित गरिसकेका थिए । त्यसैले कारबाहीमा आलटाल गर्ने मनसायका साथ राष्ट्र बैंकले एपेक्स कर्जा प्रवाहमा अनियमितता भए– नभएको अनुसन्धान गर्न ५ सदस्सीय निरीक्षण टोली बनायो । १२ बैशाखमा काम थालेको टोलीले १६ असारमा प्रतिवेदन तयार पार्यो , जसमा भनिएको थियो, ‘ एपेक्सको दुई अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाहमा अनियमितता देखिएको छ ।’तर दोषीलाई नेपालले संरक्षण दिइरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?