काठमाडौं, ७ चैत । सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग आज प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्दैछन् । प्रदेश सरकारका मुख्यमन्त्रीसहितका प्रतिनिधिहरुले प्रदेश सरकार सञ्चालनका लागि समस्या झेलिरहेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले बुधबार छलफल गर्न लागेका हुन् ।प्रदेश सरकार सञ्चालका लागि अनेक समस्या भोग्नुपरेको विषय बाहिर आएपछि प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् ।प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीको निम्तोमा प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारी काठमाडौं आइपुगेको र अहिले बिहान ११ बजे छलफल हुने जानकारी दिए ।प्रधानमन्त्रीले उनीहरुसँग सामूहिकरुपमा छलफल गरी प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्थालगायत विषयमा जानकारी लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले बनाउनुपर्ने कानूनबारेसमेत छलफल हुने मन्त्रिपरिषद् कार्यालयले बताइएको छ ।सातै प्रदेशसभा र त्यहाँको सरकार सञ्चालनमा कर्मचारी समेतको उत्तिकै अभाव देखिएको छ । प्रदेशमा खटाएका कर्मचारी जान नमान्ने विषयबारे पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया