जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन

काठमाडौँ, ६ चैत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिमार्फत जनताको जीवनमा सुखी ल्याउने काममा सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।आज मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा विकास समितिको ब्रिफिङका क्रममा उहाँले मुलुक राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब जनताले व्यवहारमा महसुस गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।“अब संक्रमणकालको बहानामा जनताका काममा ढिलासुस्ती र हेलचेक््रयाइँ गर्ने दिन सकिए”–मन्त्री बस्नेतले भन्नुभयो, “इमान्दारी र दृढतापूर्वक जनताको खुसीका लागि काम गर्नूस् ।”उहाँले जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार कर्मचारीले पुरानो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिदैं “राष्ट्रले समृद्धि र जनताले सुख पाउनुपर्छ,” भन्नुभयो ।मन्त्री बस्नेतले भन्नुभयो, “हामी मन्त्रीहरुलाई स्पष्ट रुपमा प्रधानमन्त्रीको यही निर्देशन छ, मुलुकलाई केन्द्रमा राखेर नतिजा देखिने गरी काम चाहिन्छ,”मन्त्रालय र विभागका काम पारदर्शी र जनता केन्द्रित हुनुपर्ने बताउँदै उहाँले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मन्त्री बस्नेतले जनताका काम गर्न कानून वा ऐनले रोकेको भए सरकार त्यसलाई परिवर्तन गर्न तयार छ भन्दै ऐन र कानूनको अर्घेल्याइँ देखाएर पन्छने प्रवृत्ति सह्य नहुने स्पष्ट पार्नुभयो ।मुलुकको झण्डै ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै उहाँले कुल ग्राहस्थ उत्पादनमा वन क्षेत्रको योगदान निराशाजनक रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।मन्त्री बस्नेतले आगामी दिनमा वन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा योगदान गर्नुका साथै रोजगारी सिर्जना गर्ने गरी कार्ययोजना ल्याउन पनि कर्मचारीलाई दिर्नेशन दिनुभयो ।उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समिति, दि टिम्बर कर्पोरेशन अफ नेपाल, वन पैदावार विकास समिति, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, भू–तथा जलाधार विभागलगायतको ‘ब्रिफिङ’ लिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?