कडा रुपमा प्रस्तुत भए प्रचण्ड

लहान, ६ चैत- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताएका छन् ।पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिवद्धता व्यक्त गरे ।अध्यक्ष प्रचण्डले भने – “सुशासनबिना बिकासको कल्पना गर्न सकिदैन्, सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।”राजनीतिक क्रान्ति पुरा भइसकेको बताउँदै उनले अब हामीले विकासको नयाँ क्रान्ति गर्दै पाँचदेखि १० वर्षभित्रमा नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?