प्रदेश नं २ को प्रदेशसभाको बैठक स्थगित

धनुषा, ६ चैत – प्रदेश नं २ को मंगलबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । संसद् सचिवायलयले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । प्रदेशसभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ ।योभन्दा पहिले फागुन २७ गते बैठक बसेको थियो । प्रदेशसभामा छलफल गर्नका लागि एजेण्डा नभएको कारण १० दिनका लागि स्थगित गर्दै मंगलबार बैठक बोलाइएको थियो ।प्रदेश सरकार अहिलेसम्म छलफलका लागि कुनै विधेयक दर्ता नगराएको कारण प्रदेशसभामा कुनै एजेण्डा नरहेको कारण मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?