नयाँ ढंगले पार्टी अगाडि बढ्छ: अध्यक्ष कमल थापा

काठमाडौं, ६ चैत्र – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समसामयिक परिस्थिति, हिजोको कमी कमजोरीको समिक्षा गर्दै अबका दिनमा नयाँ ढंगले पार्टी अगाडि बढ्ने बताए । समाजका वर्ग, धर्म, पेशागत, समाजिक सेवामा पार्टीको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए ।राष्ट्रिय प्रजातान्त्र पार्टीको पाँच संयोजित संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै संयोजित संगठनहरुले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण, सैद्धान्तिक तथा बैचारिक कार्यक्रमहरुलाई पार्टीको समानान्तर रुपमा अगाडि बढ्नुपर्ने बताए ।यही बैशाखमा हुने केन्द्रिय परिषदमा संयोजित संगठनका अध्यक्षहरुलाई आफ्नो संगठनको कार्ययोजना तयार गर्नुपर्ने बताए । कार्ययोजना कागजमा होइन व्यहारिक, कार्यान्वयन गर्न सकिने खालको समेत तयार गर्न निर्देशन दिए।बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुँवर, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, पूर्व प्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, नेपाल शिक्षक परिषदका अध्यक्ष यादवराज पाण्डे र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका नेता तथा पार्टीका केन्द्रिय सदस्य श्रवण कुमार नेपालीले आ–आफ्नो संगठनको वर्तमान परिस्थिति, विगतका कमि कमजोरी र अगामी दिनमा संगठनलाई चुस्तदुरुस्त बनाउन आफु पछि नपर्ने बताएका छन ।बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, पार्टीका कोषाध्यक्ष उद्धव पौडेल, पार्टीका प्रवक्ता शुशिल कुमार श्रेष्ठ लगाएत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो भने बैठक धुमबराही केन्द्रिय पार्टी कार्यालयको हलमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?