काठमाडौं । लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुन् ।
गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते भएकी थिइन् । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उनको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए ।
वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए । चारजना सकुशल रहेका छन् । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया