३ हजार लिटर गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा विक्री गर्ने पक्राउ

लोकपथ
147
Shares

काठमाडौं । गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ललितपुर महानगरपालिका-१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका-१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण र कालोबजारी भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१ कुपन्डोलबाट गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरिरहेको र बिक्री बितरण गर्न लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘wicklow ways wines Hand sanitizer 70% alcohol’ लेखिएको चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफै डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

साथै बोतल, ग्यालन र बिक्री गर्न तयार पारेर राखिएको कार्टुनसहित अन्दाजी ३ हजार ८१ लिटर स्यानिटाइजर समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?