काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीलाई हवाइ भाडा घटाउन निर्देशन दिएको छ। प्राधिकरणले कोभिडका बिरामीलाई उद्धार गर्दा थप गरिएको हवाइ भाडा घटाउन निर्देशन दिएको हो ।
प्राधिकरणले आकस्मिक उद्धारमा बढी भाडा लिएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै कोभिड–१९ संक्रमित यात्रु बोक्नुपर्दा जोखिमबापत बढी भाडा लिएको पाइएको जनाएको छ ।
‘कोभिड–१९ संक्रमित यात्रु बोक्नुपर्दा भने त्यस्ता यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीहरुको स्वास्थ्य जोखिमबापत अतिरिक्त शुल्क सम्बन्धित हेलिकप्टर कम्पनीहरुले लिँदै आएको पाइएको छ’, प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीलाई निर्देशन दिइसकेको छ।’
हेलिकप्टर कम्पनीले सामान्य अवस्थाको शुल्क भन्दा १ लाख ५० हजारदेखि २ लाखसम्म लिँदै आएको स्वीकार गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया