काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ ।
काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । उपत्यकामा कोरोना संक्रमणको दर दिन प्रतिदिन उच्च हुन थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको समयमा सभा, सम्मेलन, गोष्ठि, तालिम, सिनेमा हल लगायत मानिसको भिडभाड हुने स्थान खोल्न पाइने छैन । त्यस्तै सार्वजनिक एवं नीजि सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाईने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यद्यपी, अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पद्धार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधन भने सञ्चालन गर्न पाइने जनाइएको छ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसायलाई बन्द गरिनेछ । खाद्य सामग्रीका पसल व्यवसाय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने सुचनामा उल्लेख गरिएको छ ।
उपत्यकाका सडकहरु आज बिहानैदेखि सुनसान बनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया