अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो, वार्ता बारे बोलेनन् नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
आज साँझ प्रधानमन्त्री ओली र नेता नेपालबीच काठमाडौंको नक्शालस्थित मेरियट होटलमा भेटवार्ता भएको थियो ।

भेटवार्तामा नेता विष्णु पौडेलको पनि सहभागिता भएको थियो । दुई नेताबिच करिब २ घण्टा भेटवार्ता भएको हो ।
भेटवार्ता बारे नेता नेपालले प्रतिक्रिया दिन चाहेनन् ।

नेकपा(एमाले) विभाजनको संघारमा पुगेको बेला यस भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?