काठमाडौंमा थपिए सबै भन्दा बढी कोरोना संक्रमित, उपत्यकामा १ हजार बढीमा संक्रमण

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढेको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काठमाडौंमा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैपटक १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा मात्रै एकैदिन ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने भक्तपुरमा ८४ र ललितपुरमा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट ८ हजार ८ सय ४४ र एन्टिजेन विधिबाट ८ सय ३ जनाको परीक्षण गर्दा सो परिमाणमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

उनका अनुसार आज देशभरबाट २ सय ८७ जना डिस्चार्ज भएका छन् । हाल देशभर १० हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

यो पनि

नेपालमा कोरोना : १० हजार नाघ्यो सक्रिय संक्रमित, आजै २३ सय ५१ मा संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?