नेपालमा कोरोना : १० हजार नाघ्यो सक्रिय संक्रमित, आजै २३ सय ५१ मा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा ८ हजार ८ सय ४४ जनाको पीसीआर र ८ सय ३ जनाको एन्टीजेन परीक्षण गर्दा सो परिमाणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट गरिएको परीक्षण्मा २२ सय २० जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ७ सय ६७, भक्तपुरमा ८४ र ललितपुरमा ८४ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?