काठमाडौं । अमेरिकाको ओमाहास्थित नेब्रास्का वेस्टरोड्स मलमा शनिवार गोली चल्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
एक वयस्क पुरुषको रूपमा वर्णन गरिएको पीडितलाई गम्भीर अवस्थामा बर्गान मर्सी अस्पताल लगिएको थियो । र उपचारको क्रममा त्यहाँ उनको मृत्यु भएको हो । ओमाहा पुलिस विभागले जारी गरेको एक समाचार अनुसार उनको परिचय प्रहरीले हालसम्म जारी गरेको छैन ।
‘यो एक अलग घटना हो र यो कुनै अनियमित आक्रमण थिएन’, प्रहरीद्वारा जारी समाचार विज्ञप्तिमा भनिएको छ ।
‘यो गोली दिउँसोको समयमा हानिएको थियो ।’ लेफ्टिनेंट नील बोनाचीले एक प्रेस ब्रिफिङमा भने, ‘सुरक्षा फुटेजले दुई संदिग्ध मलबाट भागेको देखायो । अन्वेषकहरु अझै पनि उनीहरुलाई खोज्दै छन् तर पत्ता लगाउन सकेका छैनन । उनीहरुलाई पहिचान गर्नको लागी काम गरिरहेका छन् । अनुसन्धान नभएसम्मका लागि मल बन्द हुनेछ’, बोनाचीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया