प्रम ओलीको विदेशी गुप्तचरसँग ‘साँठगाँठ’का विषयमा भएको प्रचारप्रति विष्णु रिजालको आपत्ति

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशी गुप्तचरसँग साँठगाँठ रहेको विषयमा भएको प्रचारप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीले विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुतः तिनै गुप्तचर र तिनकै देशको सेवा भएको भन्दै रिजालले आफ्नो सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री र राज्य व्यवस्थासँग चित्त नबुझेको खण्डमा आलोचना गर्ने अन्य उपायहरु पनि रहेको बताउँदै रिजालले लेखेका छन्, ‘प्रधानमन्त्रीसँग रिस उठे आलोचना गर्ने अरू कैयौं विषय छन् । तर, विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुत तिनै गुप्तचर र तिनकै देशको सेवा हुन्छ ।’

उनले यस्तो संवेदनशील र गम्भीर विषयमा अर्थहीन हल्ला फैलिनुको उद्देश्य शंकास्पद नै हुने संकेत गर्दै अगाडि लेखेका छन्, ‘यति गम्भीर विषयमा आपत्तिजनक प्रचार गर्नुको अरू उद्देश्य त के होला र !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?